
१० श्रावण २०७६, काठमाडौं
कलेजो प्रत्यारोपण गराइ उपचारत स्वास्थ्यकर्मी दीपेन्द्रसिंह रावलको परिवारलाई एक लाख ३४ हजार आर्थिक सहयोग गरिएको छ।
गत हप्ता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजको प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारीको नेतृत्वमा दोस्रो पटक सफलता पूर्वक कलेजो प्रत्यारोपण गरिएको थियो।
२८ वर्षिय आफन्तले ४४ वर्षिय रावललाई कलेजको दान गरेका थिए।
उक्त, संकलन गरिएको रकम विहिवार परिवारका सदस्यलाई हस्तान्त्रण गरिएको स्वास्थ्य सेवा विभागमा कार्यरत स्वास्थ्यकर्मी दीपक भट्टले जानकारी दिए।
उनलाई सहयोग गर्न चाहने व्यक्तिहरुले बैंक अफ काठमाडौंमा रहेको खाता नं . ०३३००००००३१६५२४ आर्थिक सहयोग गर्न सकिने पनि भट्टले जानकारी दिए।





