देवचुलीमा बालअधिकार तथा कर्तव्यको बारेमा तालिम सम्पन्न



०९ साउन २०७६, देवचुली, नवलपुर/दिपक शर्मा

बालबालिकाहरुलाई उनीहरुको अधिकार मात्र सिकाईनाले कर्तव्यबोधमा समस्या आईरहेको सवै पक्षहरुले आवाज उठाईरहेका छन् । बालबालिकाहरुको उमेर समुह अनुसारका अधिकार र कर्तव्यहरुको बारेमा उनीहरुलाई जानकारी गराउन सकेमा उनीहरु पनि कर्तव्यबोध र जिम्मेवार बहन गर्न सक्दछन् ।

यसै क्रममा देवचुली नगरपालिका वडा नं. ५ मा रहेका सकला माध्यमिक विद्यालयमा बाल अधिकार तथा कर्तव्यको बारेमा १ दिने तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालन स्विजरल्याण्डको सहयोगमा  सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रमका किशोरी साथि शिक्षकहरुबाट सो कक्षा सञ्चालन गरिएको हो ।  विद्यालय तहका विद्यार्थीहरुलाई अधिकार मात्र नभई उनीहरुको पनि विद्यालयमा र घरमा गर्नुपर्ने कार्यहरु कर्तव्य सिकाउदाँ प्रभावकारी रहने विद्यालयका प्रधानाध्यापक लक्ष्मी सिवाकोटी आचार्यले बताईन् ।

देवचुली नगरपालिका नेपालको दोस्रो बालमैत्री नगरपालिका यही २०७५ भाद्र २९ गतेका दिन घोषणा भएको हो । बालमैत्री नगरपालिका भएकोले पनि यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु समुदायस्तरमा माग रहने र सोही अनुसार नै उनीहरुको क्षमता विकासको लागि कार्यहरु सुरु गरेको कुरा जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत सविता पंगेनीले बताईन् ।

कार्यक्रममा बाल अधिकार, नेपालको कानुनी अवस्थाहरु सँगै हामीले विद्यालयमा र घरमा गर्नुपर्ने कार्यहरुको बारेमा जानकारीहरु गराईएको कुरा सहजकर्ता सोमिया सिञ्जाली मगरले बताईन् ।

कार्यक्रममा सहभागी बालबालिकाहरुले विद्यालय तथा घरमा आचारसंहीता तथा समय तालिका बनाएर अध्ययन, मनोरञ्जन र घरायसी क्रियाकलापहरु सञ्चालन गर्ने साथै व्यक्तिगत रुपमा,  विद्यालय तथा घरको बाताबरण समेत सफा राख्नमा प्रतिबद्धता समेत जाहेर गरेका
थिए ।

कार्यक्रममा ३० बालबालिकाहरुको सहभागिता रहेको र  किशोेरीहरु मनिसा सुनारी, सविना शर्मा, सरला तिवारी र सोमिया सिञ्जालीले सहजिकरण गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्