
०९ श्रावण २०७६, काठमाडौं
भनिन्छ, रोग लागेर पछुताउनुभन्दा लाग्न नदिनु नै बुद्धिमान हो ।
प्राय : मानिसहरु स–सानो रोगको संक्रमणलाई वास्ता गरिरहेका हुँदैनन् ।
त्यसैले, कैयौं रोगको शिकार बन्न पुगिरहेका हुन्छन् ।
तर….
यस्तो वाणी कदापी राम्रो मानिदैन ।
जुन सानो समस्यले नै मानिसको अनेक किसिमका डर लाग्ने रोगको संक्रमणहरु निम्त्याईरहेका हुन्छन् ।
त्यसैले, स–सानो रोगको संक्रमण देख्नेबित्तिकै यसको समाधान गर्नतिर लाग्नुपर्दछ ।
जुन रोगहरु मध्ये एक हो – क्यान्सर

प्राय : मानिसहरु यो रोगको नाम सुन्नेबित्तिकै डराउँछन् ।
जुन रोगको समयमै उपचार गर्न सकिएन भने शरिरका अरु अंगमा फैलिएर अकालमा ज्यान जाने संम्भावना पनि हुन्छ ।
समयमै क्यान्सरको सुरुवाती लक्षण थाहा पाउन सकियोभने आफूलाई बचाउँन सकिन्छ ।
तर…..
अधिकांश मानिसहरु यसको सुरुवाती संक्रमण त्यत्ति वास्ता गरिरहेका हुँदैनन् ।
आज हामी तपाईहरुलाई क्यान्सरको सुरुवात कसरी हुन्छ ?
जस्को बिषयमा यो जानकारी तपाईहरुलाई दिदैँछौं :

मुखभित्र घाउँ दखिनु
विभिन्नअध्यानका अनुसार, मुख भित्र घाउ देखिनु र सन्चो नहुने भईरहयो भने यो क्यान्सरको हुन सक्छ ।
जसलाई मुखको क्यान्सर भनिन्छ ।
मुखको क्यान्सरपश्चात मुख भित्र भएका स–साना घाउ निको हुन धेरै नै समय लाग्छ ।
लामो समयसम्म खोकी लागिरहनु
लामो समयसम्म खोकी लागिरहनु फोक्सो मूख्य लक्षण हो ।
यसरी खोकी लागिरहनु र छाती दुख्ने हुन थाल्यो भने हाशियार हुनुहोस् ।
सास लिदाँ पनि छाती दुख्न भनेको खतरनाक रोग हो ।
शरिरको मासुको परिवर्तन
यो शरिरको कुनै पनि भागमा दखिन सक्छ ।
तर..
अधिकांश मानिसहरुको खुट्टाको पछाडी, पाखुरा वा अनुहार साथै नङको भित्र समेत देखिन्छ ।
जसलाई स्किन क्यान्सर भनिन्छ ।
यो क्यान्सरको शुरुवातमै शरिरमा भएका मासुको रंग परिवर्तन हुँदै जान्छ ।
दिसामा रगत देखिनु तथा दुख्नु
दिसामा रगत देखिनु र दिसा लाग्ने समय परिवर्तन भईरहनु राम्रो संकेत होइन ।
जसले सानो आन्द्राको क्यान्सर हुन्छ ।

दिसामा रगत देखिनु निकै खतरनाक मानिन्छ ।
जुन, अधिकांशलाई ६० वर्षको उमेरपछि यस्तो समस्या देखिन्छ ।
खाना निल्न समस्या
खाना निल्न समस्य भैइरहनु भनेको खाना नलिको क्यान्सर हुनुको संकेत हो ।
अनावश्यक टुडुल्को उठ्नु
शरिरको कुनैपनि भागमा अनावश्यक टुडुल्को उठ्नु वा बढ्दै जानु पनि क्यान्सरको लक्षण हुनसक्छ ।
अधिकांश क्यान्सरको लक्षण टुडुल्को बढ्दै गएपछि पत्ता लाग्ने गरेका छन् ।
जस्तैः स्तन क्यान्सर, अण्डकोष क्यान्सर





