
०९ श्रावण २०७६, काठमाडौं
गंगलाल राष्ट्रिय हुदयकेन्द्र्र जनकपुर शाखाकोे आज बिहिबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले औपचारिक शुभारम्भ गरेका छन् ।
केन्द्रले माघ २७ गते देखि जनकपुर अञ्चल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको थियो ।
उद्घाटन समारोहमा उपप्रधानमन्त्री यादवले सबै भन्दा बढी हृदय रोगी रहेको यस प्रदेशमा जनकपुर शाखाको स्थापनाले रोगीहरुको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको उल्लेख गदै उनले अगामी दिनमा यस शाखाको विस्तारको लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारलाई सहयोग गर्न आग्रह समेत गरे ।





