अलौकिक गुण भएको भिजेको चना : यसरी सेवन गर्दा हुन्छ फाईदैफाईदा



०९ श्रावण २०७६, काठमाडौं

मानिस स्वस्थ रहनका लागि खानपानको पनि ठूलो भूमिका हून्छ ।

मानिसलाई अनेक रोगको संक्रमण हुनुको मूख्य कारण नै खानपान हो ।

प्रायः मानिसहरु आफ्नै खानपानको लापारवाहीले अनेक रोगको शिकार बन्न पुगिरहेका हुन्छन् ।

तर……

शरिर स्वस्थ राख्नका लागि हरेक चीज मिलाएर सेवन गर्नसक्यौं भने स्वस्थ र फिट रहन मदत गर्दछ ।

जस मध्ये एक हो–चना

चना स्वास्थ्यको लागि निकै लाभदायिक चीज हो ।

शरिरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइने खाद्य पदार्थहरुमध्ये एक प्रमूख हो– चना

रातभरी भिजाएर नियमित रुपमा चना खानाले शरिरमा आवश्यक पर्ने पोषक तत्वहरुको आपुर्तिमा सहजता आउछ ।

चनालाई भिजाएर काँचो तथा फ्राई गरेर समेत खान मिल्छ ।

पोषणहरु मध्ये चना सस्तो, सूलभ तथा उपयुक्त विकल्प पनि हो ।

जसमा, प्रोटिन, फाइबर, लवण तथा अन्य भिटामिन प्रशस्त मात्रामा पाईने भएकाले शरिरलाई स्वस्थ राख्न गर्नका साथै अनेक रोगको संक्रमणबाट बचाउँछ ।

त्यसैले, हरेक बिहान भिजेको चना चपाउनुका अनेक फाईदाबारे यो जानकारी तपाईहरुको लागि !

–प्रत्येक बिहान एक मुठी भिजेको चना खानाले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँन मदत गर्छ ।

–हरेक बिहान भिजेको चना खानाले कमजोरीबाट छुटकारा मिल्छ ।

–भिजाएको चनामा धेरै फाइबर पाईने भएकाले जसले कब्जियतबाट छुटकारा मिल्छ ।

–नियमित चनाको सेवनले रगतमा कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै मुटुलाई स्वस्थ राख्न मदत गर्छ ।

–हरेक बिहान चना खानाले, पटक –पटक पिसाब आउने, र पायल्सको समस्यबाट छुटकारा मिल्छ ।

–भिजाएको चनाको खानाले छालालाई स्वस्थ राख्न मदत गर्दछ ।

–शरीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ ।

–चना आइरनको राम्रो श्रोत भएकाले भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ ।

–भिजेको चनाको नियमित खानाले शरिरमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै रुघाखोकीको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
हरेक बिहान नियमित चनाको सेवनले मधुमेहबाट बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्