
०९ साउन २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित त्रिज्योती माविले यसैबर्षबाट कानून विषयमा पढाई शुरु गर्ने भएको छ ।
यसबर्षको एसईई नतिजामा ४ जिपिए ल्याई उत्कृष्ट विद्यालयमा पर्न सफल विद्यालयले कानून विषयमा समेत गुणस्तरीय पठन पाठन गराई उत्कृष्ट नतिजा ल्याउन लागि परेको विद्यालयका सहप्राचार्य गणेश मिश्रले परिवर्तन खबरलाई बताए ।
परिवर्तन खबरको कुराकानीमा मिश्रले भने, ‘आफ्नै विद्यालयले संचालन गरेको चाबहिल स्थित सेन्ट लरेन्स कलेज कानून विषय पढ्ने विद्यार्थीहरुलाई टाढा भएकोले अभिभावकहरुकै अनुरोधमा यस बर्षदेखि कानून विषयको पठनपाठन थालिएको छ ।’





