बेलायत सरकारद्वारा दोलखाका पाठेघर पिडित महिलाहरुलाई किटब्याग बितरण



०९ श्रावण २०७६, काठमाडौं

नेपालका पाठेघर पाठेघर सम्बन्धी रोगबाट पिडित महिलालाई बेलायत सरकारको सहयोगमा संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ ।

नेपालका अधिकांश महिला पन्ध्रदेखि ४९ वर्षसम्मका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्याबाट प्रताडित भएकाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो ।

विगत तीन वर्ष देखि अनुसन्धानमा किटब्याग प्रयोग गर्ने महिलामा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने समस्यामा धेरै नै कमी भेटिएको चरिकोट प्रस्तावित अस्पतालले जानकारी दिए ।

गत ३ वर्षदेखि दोलखामा बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखाका १६० महिलालाई निःशुल्क किटब्याग बाँडेको थियो । उनीहरुको स्वास्थ्य जाँच गर्दा यो समस्या अत्यन्तै न्यून देखिएको अनुसन्धानमा खटिएका डा.विनोद दङ्गालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्