
०८ श्रावण २०७६, काठमाडौं
हरेक स्त्री ‘आमा’ बन्नु प्रकृतिको नियम हो ।
संसारमा सबैभन्दा प्यारो नाम हो – ‘आमा’
आमा बन्नका लागि कैयौं दुःख, पिडा सहनुपर्दछ ।
त्यसैले,स्वस्थ आमा बन्नका खानपानमा निकै ध्यान दिन पुर्याउनुपर्दछ ।
जब, बच्चा पेटमा आईसकेपछि स्वस्थ खानापानको सेवनले आमा र बच्चा दुवै स्वस्थ बन्न सक्छन् ।
त्यसैले, गर्भावस्थामा गर्नुहोस् यस्तो खानपान !

जसले आमा र बच्चा दुवै स्वस्थ रहन सक्छन् ।
दही
दहीमा प्रशस्ता मात्रामा क्याल्सियम पाईने भएकाले बच्चा पेटमा हुँदा दही खान लाभदायिक मानिन्छ ।
जसले, बच्चाको हड्डीलाई मजबुत बनाउँछ ।
अन्डा
गर्भावस्थामा हुँदा अण्डा खानाले बच्चाको मस्ष्तिक र समग्र शरिरको बृद्धि गराउँछ ।
किनभने, अन्डामा प्रशस्त प्रोटिन पाईन्छ ।
गेडागुडी
गर्भावस्थामा हुँदा कब्जियत हुने सम्भावना हुन्छ ।
त्यसैले, जसबाट बच्नका लागि गेडागुडी खानुपर्छ ।
गेडागुडीमा फाइबर र प्रोटिन पाईने भएकाले कब्जियत र हेमोरोइडबाट बचाउँछ ।

गुलियो आलु
जसमा भिटामिन ए, बी, र सी पाईने भएकाले गर्भवती महिलाको लागि उत्तिकै फाईदाजनक रहेको छ ।
भिटामिन ए – आमा र कोखमा रहेको बच्चाको लागि अपरिहार्य छ ।
भिटामिन बी– गर्भवस्थामा रक्त कोषिका निर्माण गर्न सहयोग गर्छ ।
भिटामिन सि– शरिरलाई चाहिने आइरन प्रदान गर्दछ ।
फलफुल तथा सागसब्जी
गर्भावती महिलालाई अनार, स्याउ अंगुर, केरा, आँप, गाजर, साग, ब्रोकाउली लगायतका मौसमी फलफुल प्रशस्त मात्रामा खानुपर्छ ।
सोयबिनको दुध
गर्भावती महिलाको लागि सोयबिनको दुध लाभदायिक हुन्छ ।
सोयबिनको दुधमा फोलेट, प्रोटिन, कार्बोहाइड्रेड, भिटामिन इ पाईने भएकाले बच्चा र हुनेवाला आमा दुबैलाई शक्ति दिन्छ ।
सुन्तालाको जुस
गर्भावती महिलाले यसको नियमित सेवनले आमा र बच्चा दुबैको दाँत बलियो र स्वस्थ बनाउँछ ।





