
०८ श्रावण २०७६, काठमाडौं
विराटनगरको प्रदेशिक अस्पतालमा सर्पले डसेको बिरामीको संख्या बृद्धि भएको छ ।
अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढ्न थालेको हो ।
दिनप्रतिदिन सर्पले डसेको बिरामीको संख्या बृद्धि भईरहेको र गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार भएको सो अस्पताले जानकारी दिए ।
सर्पले डसेका अधिकांश बिरामी ग्रामीण क्षेत्रबाट आउने गरेको हो ।
वर्षाको मौसममा सर्तकता अपनाउनु पर्ने, घर सफाइमा ध्यान दिनुपर्ने, दुलो टाल्नु पर्ने, राति सुत्दा झुल लगाएर मात्र सुत्ने र राति बाहिर निस्कँदा टर्चलाइट बालेर मात्र निस्कनुपर्ने सुझाव डा.सङ्गा ज्ञवालीको छ ।





