
०८ श्रावण २०७६, काठमाडौं
धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा थाइराइड परीक्षण सेवा सुरु भएकोे छ ।
थाइराइड जाँचका लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बाग्लुङवासीको समस्य अब हटेको हो ।
थाइराइड सेवाको शुभारम्भ गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटा र बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गरेका थिए ।
उक्त, प्रयोगशालाको पहिलो सेवा बाग्लुङ नगरपालिका–४ कि विष्णु सापकोटाले लिएकी थिइन् ।
सोही अवसरमा प्रदेशसभा सदस्य सापकोटालगायतको पनि थाइराइड परीक्षण गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले बताए ।





