राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको कडा चेतावनी



०७ श्रावण २०७६, काठमाडौं

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कडा चेतावनी दिएका छन् ।

प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको भन्दै जसमा संलग्न रहेका पदाधिकारीहरुलाई कडा कारबाही गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानबिन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन संचार माध्यामहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए ।

मंगलबार राजधानीमा आयोजित प्रतिष्ठानको तेस्रोसभामा बोल्दै प्रधानमन्त्री ओलीले कुलपतिसमेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नभएको समेत स्पष्ट पारको हुन् ।

प्रतिक्रिया दिनुहोस्