
०७ श्रावण २०७६, काठमाडौं
स्वास्थ्य नै धन हो ।
स्वस्थ मानिस स्वास्थ्य मात्रै नभएर हरेक अवस्थामा खुसी पनि हुन्छ ।
तर, त्यही खुसीमा बाधक बनेर आउँछ–रोग
रोग मानिसको शत्रु बनेर आउँछ ।
प्राय: हरेक मानिस आफ्नै लापारवाहीका कारण विभिन्न रोगहरुबाट ग्रसित हुन्छन् ।
ति सबै रोगहरु मध्ये एक हो–क्यान्सर

‘क्यान्सर’ जुन नाम सुन्नेबित्तिकै प्रायः मानिसहरु डराउँछन् ।
जसको समयमै उपचार भएनभने धेरै मात्रामा मानिसको ज्यान जाने सम्भावना पनि हुन्छ ।
क्यान्सर शरिरको टाउकोदेखि–खुट्टासम्म जुनै अंगमा पनि आक्रमण गर्नसक्छ ।
एक अध्ययनले देखाएअनुसार, अहिले संसारमा क्यान्सरका कारण वार्षिक एक करोडको मृत्यु हुने गरेको छ ।
नेपालमा भने हरेक बर्ष क्यान्सरका कारण ४० हजारजना बिरामीको संख्या थपिने गरेको पाईन्छ ।
त्यसैले, क्यान्सर भएको भनेर कसरी थाहा पाउने जसको बिषयमा यी जानकारी तपाईहरुको लागि!

–लामो समयसम्म खोकी लागिरहने वा स्वर घोक्रो भएमा क्यान्सर हुने सम्भावना हुन्छ ।
–शरिरको घाँटी, काखीमुनि हुने गिर्खा वा अन्य ठाउँमा गिर्खा छ भने ९० प्रतिशत क्यान्सर त्यहीबाट हुने सम्भावना हुन्छ ।
–शरीरका अन्य भाग तथा स्तनको भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ।
चिकित्सकहरुका अनुसार, शरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा वा कोठी बिग्रेमा छालाको क्यान्सर हुने सम्भावना हुन्छ ।
–दिसा वा पिसाबको पानीमा फरक परेमा पनि क्यान्सर हुन्छ ।
जस्तैः कहिले पानीजस्तो दिसा आउने, कहिले कस्सिएर दिसा आउने तथा पिसाब छिटो–छिटो लाग्दै गएमा क्यान्सर हुने सम्भावना हुन्छ ।
–लामो समय उपचार गर्दा पनि असाधारण रूपमा शरिरका कुनै पनि भागबाट रक्तश्राव भएमा अथवा पिप आएमा क्यान्सर भएको हुन सक्छ ।





