
०७ श्रावण २०७६, काठमाडौं
काठमाडौँ महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ ।
महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई न्यूनतम शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले अस्पताल र्मिाणमा जुटेका महानगरपालिकाले बताए ।
आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताल निर्माण गर्ने महानगरपालिकाले उल्लेख गरेको हो ।
अस्पताल कहाँ निर्माण गर्ने र कति श्ययाको हुने भन्ने छिट्टै टुङ्गो लगाइने महानगरपालिकाले जानकारी दिए ।
उनले भने, “महानगरवासीकै अनुरोध र यहाँको आवश्यकताको आधारमा नगर अस्पतालको योजना बनाइएको हो ।”





