आँखाको दृष्टि बढाउने उपायहरु जान्नुहोस्



०७ श्रावण २०७६, काठमाडौं

मानिसको शरिरको संवेदनशिल र महत्वपूर्ण एक अंग हो–आँखा

आँखाबिनाको संसार अन्धकार हुन्छ ।

त्यसैले, आँखालाई कहिल्यै हेलचेक्र्याई गर्नुहुँदैन ।

स–सानो समस्य देखिएता पनि समाधान पाटोतिर लागिहाल्नुपर्छ ।

आँखामा अनेक रोगको संक्रमणहरु देखिन्छन् ।

जसमा एक समस्य हो–आँखाको दृष्टि

आँखाको दृष्टि बढाउनका लागि यी कुराहरु जान्न आवश्यक हुन्छ ।

–आँखालाई दिनभरी निरन्तर काममा लगाईरहनुहुँदैन । प्रत्येक दुई घण्टामा केही मिनेट आँखा बन्द गर्ने गर्नुहोस् ।

–आँखाको मांसपेशीलाई व्यायामको मौका दिनुहोस् ।

–लामो समयसम्मा चस्मा लाउने आदत हो भने कम गर्दै लानुहोस् ।

किनभने, चश्माले आँखाको प्रयासलाई घटाउँछ । त्यसैले आँखाको दृष्टि बढाउनका लागि सकेसम्म चश्मा खोल्नुहोस् ।

–ल्यापटप वा टिभीमा धेरै समयसम्म नबस्नुहोस् ।

–आँखालाई माझी औंलो र चोर औंलोले मालिश गर्नुहोस् ।

–खुल्ला हावामा यात्रा गर्दा नजिकको बस्तुभन्दा टाढाको हेर्नुहोस् ।

–प्रत्येक दिन गाजरको जुस सेवन गर्नुहोस् ।

–आँखालाई मनतातो पानीले धुनुहोस् ।

प्रतिक्रिया दिनुहोस्