बालिकाको बलात्कारको प्रयास पश्चात हत्या



०७ श्रावण २०७६, काठमाडौं

गत शुक्रबार एक बालिकाको बलात्कारको प्रयास पश्चात हत्या गरिएको छ ।

बाजुरा घर भएकी ९ वर्षीया लक्ष्मी चँदाराको बलात्कारको प्रयास पश्चात भारतको दिल्लीमा हत्या गरिएको हो ।

बालिकाको घर बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडी हो । उनी बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन् ।

गत शुक्रबार पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयास पछि हत्या भएको भारतस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारले टेलिफोनमार्फत जानकारी दिए ।

बालिकाको हत्यारालाई भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ ।

शुक्रबार दिउँसो पौने १ बजेतिर बुवा बाहिरबाट कोठा आउने क्रममा छोरीलाई अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुयाएका थिए ।

अस्पताल पुग्ने वितिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए । छोरीको हत्या भएको खबर पाएपछि भारतस्थित विभिन्न नेपाली संघ, संस्था र बालिकाका बुवाले नेपाली राजदूतावाससँग सहयोग मागेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्