विषालु च्याउँ चिन्ने तरिका जान्नुहोस्



०६ श्रावण २०७६, काठमाडौं

विभिन्न जीवनशैली तथा खानपानका लापारबाहीका कारण कैयौं मानिसहरुको मृत्यु भइरहेको छ ।

प्रायः मानिसहरु आफ्नो खानपान त्यत्ति वास्ता गरिरहेका हुँदैनन् ।

जसकारण विभिन्न किटाणुको संक्रमणबाट मानिसहरुको मृत्युसम्म हुने गरेको देखिन्छ ।

जसमा एक हो–विषादी च्याउँ

दिन–प्रतिदिन बिषालु च्याउँका सेवनबाट मृत्यु हुनेको संख्या बृद्धि भईरहेको छ ।

वर्षायाममा प्रायः मानिसको मृत्यु विषालु च्याउँका कारण हुन्छ ।

एक अध्ययनका अनुसार, नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाईने भए पनि खाना योग्य भने १ सय १० प्रजातिका च्याउँ मात्र हुन्छन् ।

विषालु च्याउँ चिन्ने तरिकाः

–खाना योग्य च्याउँको माथि रहेको छाता चिप्लो हुन्छन् ।

–तितो स्वाद,नमिठोे गन्ध, धेरै झुस, थरी–थरीका रङ भएका च्याउ विषालु हुन्छन् ।

–छुदाँ रङ परिवर्तन हुने च्याउँ विषालु हुन्छन् ।

–च्याउँको माथिको भाग छुदाँ खस्रो हुने विषालु हुन्छन् ।

–भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् ।

–विषालु च्याउँमा किरा नलाग्ने भएकाले लामो समयसम्म रहन्छ ।

विषालु च्याउँको सेवन पश्चात देखिने लक्षणः

–बान्ता, पखाला, टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ ।

–आफ्नो शरिर सन्चो नभएको जस्तो महशुष हुन्छ ।

–विषालु च्याउँमा रहेका विषका कारण कलेजो र मृगौला फेल भई मृत्यु हुने सम्भावना हुन्छ ।

बच्ने उपायः

–विषालु च्याउँका लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्यसस्थामा जाने,

–विषलु च्याउँको बारेमा समाजमा जनचेतना जगाउने,

–सकेसम्म विभिन्न प्रजातिका च्याउ मिसाएर नपकाउने,

प्रतिक्रिया दिनुहोस्