छारे रोग, लक्षण, बच्ने तथा रोकथामका उपायहरुको विस्तृत जानकारीः



०६ श्रावण २०७६, काठमाडौं

रोग मानिसको एक शत्रु हो–रोग

विभिन्न अध्ययनअनुसार, ‘रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धिमान मानिन्छ ।’

त्यसैले, रोगको संक्रमण देखिसकेपछि पछुताउनु भन्दा, संक्रमणबाट बच्नु नै बुद्धिमान मानिन्छ ।

प्रायः नेपालीहरु आ–आफ्नो व्यस्तताका कारण आफ्नो स्वास्थ्यलाई भने त्यत्ति ख्याल गर्न सकिरहेका हुँदैनन् ।

त्यसैले, हरेक नेपालीहरु कैयौं रोगको शिकार बन्न पुगिरहेका हुन्छन् ।

यी सबै रोगहरुमध्ये एक हो–छारे रोग

यो रोग मानिसलाई मात्रै नभएरमा जनावरमा पनि देखिने एक किसिमको मानसिक रोग हो ।

विश्वस्वास्थ्य संगठनकाअनुसार, करिब पाँच करोड व्यक्ति छारे रोगबाट पीडित छन्, जसमध्ये करिब ९० प्रतिशत विकासोन्मुख मुलुकमा बसोबास गर्छन् ।

नेपालमा भने एक प्रतिशतभन्दा बढी जनसंख्या छारे रोगले पीडित रहेको चिकित्सकहरु बताउँछन् ।

अध्ययनका अनुसार, छारे रोग प्रायः कमजोर दिल भएका व्यक्तिहरुलाई लाग्ने सम्भावना हुन्छ ।

यो रोगले जुनै समयमा पनि आक्रमण गर्नसक्छ ।

छारे रोग लाग्नुको कारण:

छारे रोग लाग्नुको कैयौं कारणहरु हुन्छन् । ठ्याक्कै यही कारणले हो भन्न सकिदैँन ।

विशेषगरी–

माहिलाहरुले बच्चा जन्माउँदा टाउकोमा चोट लागेमा, वा विभिन्न कारणले चोट लागेर संक्रमणका कारणले छारे रोग लाग्न सक्छ ।

–बढी भन्दा बढी मदिरा सेवन गर्नाले,

–फित्ते तथा नाम्ले जुकाको अन्डाको संक्रमणले,

–धेरै तनाव, अनिद्रा हुनुले,

–मस्तिकमा रक्तश्राव हुन पुगेमा,

–मस्तिष्कमा ट्युमर भएमा,

–रगतमा चिनीको मात्रा कम भएमा,

छारे रोगले आक्रमण गर्नुको प्रमूख कारण भनेको वंशाणुगत पनि हो ।

छारे रोग लागेपछि देखिने लक्षण:

छारे रोग दिमागी दौरा हो ।

त्यसैले, रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुर्छा भएर ढल्न पुग्छ ।

–कसै–कसैले थाहै नपाई लुगामै दिशा–पिसाब गर्ने,

–मुखबाट फिंज काढ्ने,

–जिब्रो तथा ओठ टोक्ने,

–शरिर कमजोर हुने,

–टोलाएर बस्ने,

–शरिर कडा हुने र सन्तुलन बिग्रने,

–हात खुट्टा काम्ने,

–शरिर लल्याकलुलुक हुने,

–आँखा पल्टाउने,

–बेहोस हुने,

अप्ठेरो ठाउँ या आगोको नजिक छोप्दा चोटपटक लागि अंगभंग हुने वा जल्ने मात्र नभई एक्कासी मृत्युसमेत हुने गर्दछ ।

छारे रोगले छोपेको बेला बिरामीको आफन्तले के गर्ने?

–छारे रोगले बिरामीलाई एक्कासी छोपेको बेलामा नआत्ति चोट पटक लाग्नबाट बचाउँनतिर लाग्नुपर्छ ।

–बिरामी बेहोस अथवा कामीरहेका अवस्था हो भने उसलाई सफा नरम ठाउँमा कोल्टो फेरेर सुताउनुपर्छ ।

–बिरामी वरपर आगो, पानी, धारिलो हतियार कहिल्यै नराख्ने,

–बिरामीलाई सजिलो ठाउँमा मात्रै सुताउने,

–बिरामीले लगाएको कपडालाई खुकुलो बनाईदिने,

–बिरामीको नाक वा मुखबाट केही पदार्थ निस्केमा सफा रुमालले पुछिदिने,

–बिरामीले पूर्णरुपले स्वस्थ महसुस नगरुन्जेल सँगै बस्ने र डाक्टरको सल्लाह लिने,

के नगर्ने?

–बिरामीलाई समात्ने वा रोक्ने प्रयास नगर्ने,

–बिरामीको मुखमा औला हाल्ने, मोजा सुघाउने जस्ता कार्य कहिल्यै नगर्ने,

–बिरामीको मुख नखोल्ने,

छारे रोग लागेको बिरामीले गर्नै नहुँने कार्य:

–गाडी कहिल्यै नचलाउने,

–मेसिनमा काम नगर्ने,

–छारे रोगीले सकेसम्म किचेनतिर काम नगर्ने,

छारे रोगका लागि के परिक्षण गर्ने:

–रगतबाट कलेजो र मिर्गौलाको जाँच गर्ने,

–मस्तिष्कको शल्यक्रिया गर्ने,

–पेट स्क्यान,

छारेरोगलाई पुनः दोहोरिन नदिन के गर्ने:

–प्रशस्ता मात्रामा सुत्ने,

–चिन्ताबाट मुक्त रहने,

–मध्यपान र धूमपान सेवन टाढै बस्ने,

–नियमित औषधि लिने,

–प्रशस्तामा मात्रामा पानी पिउने,

–माछा–मासुभन्दा फलफूल र सागसब्जी बढी खाने,

–स्वस्थ खानाको सेवन गर्ने,

–चिकित्सकहरुको सल्लाहबिना औषधी घटाउने, बढाउने नगर्ने,

छारे रोग लाग्न नदिन के गर्ने?

–टाउकोमा चोटपटक कहिल्यै लाग्न नदिने,

–उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्र पिउने,

–समयमा सन्तुलित खाना खाने,

–ज्वरो आउँदा समयमै अस्पताल गई उपचार गर्ने,

–अनिदो कहिल्यै नबस्ने,

–चिन्ता नलिने,

नोट: छारे रोग नियमित रुपमा औषधी सेवन तथा परामर्श सेवा लिएमा अवश्य निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्