वालिङ नगरपालिकामा स्तनपान कक्ष सञ्चालन



०६ श्रावण २०७६, काठमाडौं

वालिङ नगरपालिकाले स्मार्ट सिटीको अवधारणामा कार्यालयमै स्तनपान कक्ष सञ्चालन गरेको छ ।

नगरपालिकाले विभिन्न कामका लागि आउने सेवाग्राही महिला तथा महिला कर्मचारीलाई मध्यनजर राख्दै कार्यालयभित्र कक्ष सञ्चालनमा ल्याएको हो ।

कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले उक्त कार्यालयले स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाले बताए ।

प्रतिक्रिया दिनुहोस्