पदस्थापन पश्चात सम्हाले डा. तिंकरीले परिवार कल्याण महाशाखा



०६ श्रावण २०७६, काठमाडौं

समायोजनपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा पदस्थापन भएका डा. भीमसिंह तिंकरीले सोमबार पदवहाली गरेका छन् ।

डा. तिंकरीले बिहान १० बजे महाशाखामा पुगेर उनले औपचारिक रुपमा पदवहाली गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ असारमै १५६ जना एघारौँ तहका कर्मचारीको पदस्थापन गरेको थियो ।

डा. तिंकरीले भने आर्थिक बर्षको अन्तमा बाँकी केही काम सम्पन्न गरेर मात्रै नयाँ ठाँउमा कार्यभार सम्हाल्न जाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्