पानीजन्य संक्रमणबाट बच्नका लागि जान्नुहोस् यस्तो उपायहरु



०५ श्रावण २०७६, काठमाडौं

वर्षायामले हरियाली वातावरणसँगै चिसो मौसम लिएर आउँछ ।

चिसो मौसमसँगै मानिसलाई विभिन्न स्वास्थ्य समस्या पनि लिएर आउँछ ।

वर्षायामकै कारण मानिसहरुमा झाडापखाला, टाइडफाड, हैंजा ,जन्डिस, आउँ लगायतका रोगहरुको संक्रमण देखा पर्छ ।

यी सबै रोग निम्याउने कारक तत्व हो – दूषित पानी

वर्षायाममा परेको पानीका कारण पृथ्वीको सतहमा बगेका ढल तथा फोहोर पानीले पनि मुहान दूषित पार्ने गर्छ ।

तिनै मुहानको दूषित पानी पिउनाले रोगको संक्रमण देखा पर्छन् ।

त्यसैले, वर्षायाममा दूषित पानीजन्य रोगबाट बच्ने यी उपायहरु जान्नुहोस् :

–वर्षायाममा पानीको मुहान प्रदूषित हुने भएकाले पानी पिउदा निर्मलीकरण गरेर मात्रै पिउने गर्नुहोस् ।

–खानको समय भएपछि सावुन पानीले हात धोएर मात्रै खानुहोस् ।

–फोहोर पानी वा अन्य चीज छोएपछि सावुन पानीले हात धुने वाणी गर्नुहोस् ।

–वर्षायामको समयमा इन्फ्लुएन्जाको खतरा हुने हुँदा विशेष सरसफाईमा ध्यान दिनुहोस् ।

–यात्रामा अनिबार्य माक्सको प्रयोग गर्नुहोस् ।

–सकेसम्म धेरै भिड भएको बेला हिड्डुल नगर्नुहोस् ।

–त्यस्तै, आवश्यता अनुसार साबुन पानीले हात धुने गनुहोस् ।

प्रतिक्रिया दिनुहोस्