०५ साउन २०७६, काठमाडौँ
वैज्ञानिकहरुले भोक लाग्दा रिस उठ्नुको कारण पत्ता लगाएका छन् । चार सयभन्दा बढी व्यक्तिमा गरिएको यो अध्ययन ‘इमोसनल’ जर्नलमा प्रकाशित छ ।
यो अनुसन्धानको मुख्य उद्देश्य भोकसँग जोडिएको भावनात्मक स्थितिको मनोवैज्ञानिक तरिकाले अध्ययन गर्नु थियो । कुनै व्यक्ति भोको हुँदा कसरी रिसाउँछ ? सामान्यतया हाम्रो मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतरा जन्य अवस्था अनुभूती गरेको क्षणमा रिस उठ्छ तर कतिपय अवस्थामा भोकाएको बेला पनि बेला पनि रिस उठ्ने गर्छ ।
अनुसन्धानअनुसार, आफू छेउछाउको अवस्थाले गर्दा मात्रै त्यति बेला भोको व्यक्ति रिसाएको हुन्न । व्यक्तिविशेषको भावनात्मक जागरुकताको स्तरले त्यो बेलाको रिसलाई निर्धारित गर्ने गर्छ ।