
०५ श्रावण २०७६, काठमाडौं
स्वास्थ्य नै धन हो ।
रोग मानिसको शत्रु हो ।
रोगको उमेर, धनी–गरिव, धन–सम्पती कुनैसँग पनि सम्बन्ध हुँदैन ।
तर…..
रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धिमान मानिन्छ ।
विभिन्न संक्रमणहरुले आक्रमण गर्नुको मूख्य कारक तत्व नै खानपान हो ।
त्यसैले,खानपानप्रति विशेष ध्यान दिन आवश्यक हुन्छ ।
मानिस रोगी बनेर पछुताउनुभन्दा केही चीजको त्याग र पालनाले निरोगी हुनु राम्रो मानिन्छ ।
त्यसैले, निरोगी बन्ने यी उपायहरु जान्नुहोस् !

व्यायाम
मानिस स्वास्थ्य रहनका लागि आरामदायी जीवन कहिल्यै रोज्नुहुँदैन ।
एक अध्ययनका अनुसार, मानिस सक्रियका साथ दैनिक दिनमा २ घण्टा हिडडुल गर्नाले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुग्नका साथै मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।
मासुको कम सेवन
मासु कम खानु स्वास्थ्यको लाभदायिक मानिन्छ ।

फलफुल र सागसब्जीमा
ताजा फलफूल तथा हरियो सागसब्जीहरु खानु स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ ।
किनभने, यिनीहरुमा पर्याप्त मात्रामा पोषणतत्व र न्यून क्यालोरी पाउने भएकाले शरिरलाई स्वस्थ बनाउँछ ।
पर्याप्त पानी पिउने
सधैँभरी स्वस्थ रहनलाई प्रशस्ता मात्रामा पानी पिउनुपर्छ ।
विभिन्न अध्ययनअनुसार, पर्याप्त मात्रामा पानी पिउनले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ ।
राम्रोसँग पकाउने
जुनै, चीज पकाउँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।
तर कतिपयः सागसब्जी र तरकारीलाई काँचै खादा पनि फाइदा हुन्छ ।
तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नुका साथै खानेकुरालाई धेरै फ्राई नगर्नका साथै कम नुन हाल्नुपर्छ ।

जंक फुड नखाने
प्याकेटमा राखिएका र परिष्किृत गरिएका खानेकुराले स्वास्थ्यलाई असर गर्छ ।
त्यसैले, यस्तो खानेकुरा खानु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।
रमाइलो गर्नुपर्छ
धेरै चिन्ता दुःख विभिन्न रोगहरु निम्तयाउने भएकाले समय निकालेर रमाईलो गर्नुपर्छ ।
जस्तैः पत्रपत्रिका पढ्ने, नाँचगान गर्न, साथीसंङ्गीहरुसँग घुम्न पनि मुड फ्रेसको लागि गर्न सकिन्छ ।
धुम्रपान नगरौं
धुमपान स्वास्थ्यका दृष्टिले पनि फाइदा मानिदैन ।
धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ ।
धुमपान गर्न छोडेको २० मिनेटपछि नै मुटुको धड्कन शान्त हुन्छ ।

मदिरा सेवन कम
सकेसम्म मदिरा पिउनुहुँदैन ।
यदि, पिउनैपर्ने भयो भने कम मात्रामा लिने गर्नुपर्छ ।
नियमित परीक्षण
समय–समयमा आफ्नो स्वास्थ्य परिक्षण गरिरहनुपर्छ ।
उमेर बढ्दै गएपछि अनेक रोगले स्वास्थ्यमा आक्रमण गर्दछ ।
अधिकांश मानिसलाई ४० वर्ष पुगेपछि मुटु, प्रेसर, सुगर जस्ता समस्यले ग्रसित हुन्छन् ।
त्यसैले वर्षामा एक चोटि पूरै शरिरको जाँच गरिरहनु स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ ।





