थाहा पाउनुहोस् रिस र हृदयघातको सम्बन्ध कस्तो ?



०४ साउन २०७६, काठमाडौँ

छिटो रिसाउने र धेरै बेरसम्म रिसाई राख्ने मानिसहरुलाई हृदयाघात हुने सम्भावना हुने गर्दछ । छिटो नरिसाउनेहरु भन्दा तीन गुना बढी खतरा  छिटो रिसाउनेलाई हुन्छ ।

रिसाएको बेलामा शरीरमा स्ट्रेस हर्मोनहरु निस्कन्छन् जुन हानिकारक हुन्छन।  रिसाएको बेलामा हृदयलाई अक्सिजन अझ बढी चाहिन्छ र रगतमा हुने प्लेटलेटहरु रगतको नलीमा जम्ने खतरा समेत हुन्छ । धेरै रिसाएको बेलामा मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, स्वासप्रश्वास छिटो छिटो हुने र हृदयाघात पनि हुन सक्ने सम्भावना भएकोले रिस कन्ट्रोल गर्ने तरिकाहरु जान्नुपर्छ।

रिसाएको बेलामा जे बोलिन्छ, जे गरिन्छ र जे निर्णय लिइन्छ ती सही हुँदैनन्। प्रायः मानिसहरु रिसाएको बेलामा आफूले गरेको निर्णयमा पछि पश्चाताप गर्छन्, तर रिसले गर्ने नोक्सान गरिसकेको हुन्छ। रिसाएको बेलामा शरीरमा एडरेनलिन र कर्टिसोल नामक रासायनिक तत्त्वहरु बढी निस्कने र तिनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने हुँदा रिसको व्यवस्थापन गर्नु जान्नु जरुरी छ। रिस उठेको छ भन्ने के कुराले रिस उठेको हो याद गर्दै ५ देखि १० पटक सम्म लामो लामो सास लिने र छोड्ने गर्नुस्, त्यस पछि एक गिलास पानी बिस्तारै बिस्तारै पिउनुस् यसरि रिस कम हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्