परराष्ट्र ज्ञवाली दम्पतीले मरणोपरान्तपश्चात् अंग दान गर्ने घोषण गर्दै गरे यस्तो ट्वीट



०३ श्रावण २०७६, काठमाडौं

परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली दम्पतीले मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका छन् ।

दम्पतिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा उनले शरिरका ६ वटा अंग दान गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, श्रीमती सरस्वती ज्ञवालीले पनि अंगदान दिने भनेर मञ्जुरीनामा दिएकी छिन् ।

ज्ञवाली दम्पत्तीले मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, सानो आन्द्रा दान दिने भनेर मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका हुन् ।

ज्ञवालीले उक्त निर्णयको हस्ताक्षरपश्चात फेसबुक र ट्वीटरमा यस्तो लेखेका छन्

दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं ।

जिन्दगीको त के भरोसा छ र !जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियो-बस यत्ति कामना छ ।

प्रतिक्रिया दिनुहोस्