
०३ श्रावण २०७६, काठमाडौं
वर्षायामले रमाईलो हरियालीसँगै चिसो मौसम लिएर आउँछ ।
चिसो मौसमसँगै मानिसलाई अनेक स्वास्थ्य समस्य पनि लिएर आउँछ ।
वर्षायाममा प्रायः मानिसहरु अनेक संक्रमणले आक्रमण गर्दछ ।
यो सबै रोग लाग्नुको मूख्य कारक तत्व नै दूषित पानी, हावा, खानपान हो ।
त्यसैले, वर्षायाममा आ–आफ्नै जीवनशैलीदेखी लिएर हरेक खानपान ध्यान दिनुपर्छ ।
वर्षायाममा लाग्ने रोग मध्ये एक हो–टाइफाइड

मौसम परिवर्तनसँगै टाइफाइडको संक्रमण धेरै देखिन्छ ।
टाइफाइड भनेको मानिसमा देखिने एक प्रकारको ज्वरो हो ।
दूषित पानी र खानपानको सेवनबाट लाग्ने यो रोग वर्षायामको समयमा बढी क्रियाशिल हुन्छ ।
एक अध्ययनले नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोग १५ बर्षभन्दा कम उमेरका बालबालिकाहरुमा प्रभावित हुने गरेको देखाएको छ ।
टाइफाइड हुनुको कारण:
–दूषित पानी र खानपान कारण टाइफाइड हुन्छ ।
–फोहोर खानामा पाईने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड हुन्छ ।

टाइफाइड भएको कसरी थाहा पाउने:
–बिस्तारै ज्वरो बढ्दै जान्छ ।
–पेट दुख्ने, टाउको दुख्ने, कब्जियत हुने हुन्छ ।
–वान्ता आउने हुन्छ ।
टाइफाइडबाट कसरी बच्ने:
–सफा पानी र खानपान गर्ने,
–सरसफाईमा ध्यान दिने,
–बिरामीलाई छुट्टै राख्ने
–बिरामीको दिसा–पिसाबबाट सचेत हुने,
–विशेषगरी वर्षायामको समयमा उमालेको पानी पिउने,
टाइफाइड सामान्यबाट जटिल बन्दै गएमा छोटो समयमा ज्यान लिने सम्भावना हुन्छ ।
विभिन्नका अध्ययनका अनुसार, टाइफाइडको समयमै उपचार गरिएन भने करीब २५ प्रतिशत रोगीहरूको मृत्यु हुने सम्भावना हुन्छ ।

टाइफाइड भएको व्यक्तिले खाने यस्तो खानपान गर्ने:
–लसुनको सेवन गर्ने
–नरम खानपान गर्ने,
–झोलयुक्त पदार्थ अत्याधिक रुपमा खाने,
–प्रशस्त मात्रामा उमालेको वा शुद्द पानीको सेवन गर्ने,
के नखाने:
टाइफाइड भएको व्यक्तिले, घिउ,क्रिम जस्तो खाने कुराहरुबाट टाढै बसेको राम्रो मानिन्छ ।
टाइफाइड भईसकेपछि उपचार कसरी गर्ने:
–१०–१४ दिनसम्म नियमित औषधी सेवन गर्ने,
–टाइफाइडको निदान सामान्य उपचारबाटै गर्ने सकिन्छ, जसका लागि नरम जाउलो, झोल खानेकुरा खाने ,
–शरिरमा जीवनजल, सलाइनपानी, पानीको मात्रा बढाउने,
–ज्वरो कम गर्नेका लागि पानीपट्टी लगाउने,





