
०३ श्रावण २०७६, काठमाडौं
जिल्ला स्वास्थ्य सिरहाले बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जानकारी दिए ।
बाढी प्रभावित स्थानमा रोगको सङ्क्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरेको कार्यालयले बताए ।





