
०३ श्रावण २०७६, काठमाडौं
चितवन जिल्लामा ६ महिनामा ५४ नयाँ एचआईभी सङ्क्रमित भेटिएका छन् ।
जिल्लाका विभिन्न स्थानमा गरिएको सात हजार ८ सय एक रगत परिक्षणको क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
त्यस्तै, अहिले जिल्लामा १ हजार ७ सय ६४ संक्रमित पुगेका भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जानकारी दिएको हो ।
उक्त, केन्द्रका अनुसार उनीहरुमध्ये ८ सय ८९ ले नियमित औषधि सेवन गरिरहेका छन् ।
अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८संक्रमितले पनि केन्द्रबाट सेवा लिइरहेका छन् ।





