कालिमाटी बजारमा पहिलो पटक विषादी परीक्षण



०२ श्रावण २०७६, काठमाडौं

कालिमाटी तरकारी तथा फलफुल बजारमा पहिलो चोटी विषादी परीक्षण गरिएको छ ।

बजारबाट संकलित नमूनाको परिक्षण गर्दा कुनै पनि तरकारी खाना अयोग्य नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

गत शुक्रबार कालिमाटीमा भित्रिएका तरकारीको नमून संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विभागलाई निर्देशन दिएका हुन् ।

उक्त, विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परीक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्