अंगुर खानुहोस्, जसले पाचन प्रक्रियालाई बलियो बनाउनुको साथै गर्छ क्यान्सरको निदान



०२ श्रावण २०७६, काठमाडौं

स्वास्थ्य  नै धन हो ।

स्वस्थ रहनका लागि खानपानमा निकै ध्यान दिनुपर्छ ।

प्रायः नेपालीहरुले आ–आफ्नो व्यस्ततासँगै खानपानमा त्यति ध्यान दिन सकिरहेका हुँदैनन् ।

तर, यो वाणी कदापी राम्रो मानिदैन ।

त्यसैले, व्यस्त जीवशैलीसँगै खानपानका कारण मानिसहरु अनेक रोगको शिकार बन्न पुगिरहेका हुन्छन् ।

रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धिमान मानिन्छ ।

त्यसैले,,,,

मानिस आफु स्वस्थ रहनका लागि स्वस्थकर खानपान गर्न आवश्यक हुन्छ ।

जसमध्ये एक हो–अंगुर

अंगुर पौष्टिक तत्वले भरपुर भएको कारण स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ ।

अंगुरमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाईन्छ ।

त्यसैले, एक महिनासम्म लगातार यसको सेवन गर्नुहोस् अनि जान्नुहोस् अंगुरका अचुक फाईदाहरु :

क्यान्सरबाट बचाउँछ

अंगुरमा एन्टिक्यान्सर गुण पनि हुने भएकाले स्तनको क्यान्सर लगायतका विभिन्न रोगबाट जोगाउँछ । यसमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

मुटुलाई स्वस्थ बनाउँछ

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर हुने भएकाले मुटु सम्बन्धि रोग न्यूनिकरण गर्नुको साथै मुटुलाई स्वस्थ बनाउँछ ।

पाचनक्रिया बलियो बनाउँछ 

अंगुरमा इन्सोलुबल (अघुलनशील) फाइबर पाईने भएकाले पाचनतन्त्रलाई बलियो बनाउँछ । यसले पेटलाई सफा राख्नुको साथै कब्जियतको समस्या हटाउँछ ।

मृगौला स्वस्थ रहन्छ

अंगुरमा पाईने एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्टले  मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्छ ।

अध्ययनका अनुसार मृगौला स्वस्थ राख्नका लागि दैनिक १५ वटा अंगुर खाने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्