
०२ श्रावण २०७६, काठमाडौं
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकूलपति नियुक्ति गरिएको छ ।
प्रतिष्ठानमा शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाललाई निमित्त उपकुलपनिमा नियुक्ति गरिएको हो ।
गत हप्ता आठ लाख घूससहित बहालवाला उपकुलपति प्राडा राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि खाली रहेको उपकुलपती पदमा खनाललाई निमित्त उपकुलपतिको रुपमा प्रतिष्ठानमा सह( कुलपति समेत रहेका उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले खनाललाई नियुक्त गरेका हुन् ।
प्रतिष्ठानको दैनिक कार्यमा असहज भएपछि शिक्षाध्यक्ष खनाललाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निमित्त उपकूलपति पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।





