
०२ श्रावण २०७६, काठमाडौं
पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ ।
कार्यालयमा महिला तथा सेवाग्राहीहरुलाई लक्षित गरी गोप्या स्तनपान कक्षको स्थापना गरी प्रयोगमा ल्याईएको हो ।
उक्त, कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुको समस्यलाई मध्यनजर गर्दै स्तनपान कक्ष स्थापना गरिएको हो ।
महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन अप्ठ्यारो महशुष हुने देखिएकाले उक्त समस्यालाई मध्यनजर गर्दै कार्यालय हाताभित्रै स्तनपान कक्ष स्थापना गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।





