
०२ श्रावण २०७६, काठमाडौं
हरेक बालबालिका स्वस्थ हुनु आमाबुवाको ठूलो भूमिका हुन्छ ।
उनीहरुलाई शारीरिक, मानसिक तथा संवेगात्मक बिकासका लागि विभिन्न पोषाक तत्वका साथै उचित स्याहार सुसार हुन जरुरत छ ।
जब, बच्चा दुई वर्ष भएपछि उसको हड्डी तथा मांशपेशीहरु मजबुत हुन थाल्छ र हिडडुल गर्न सक्छ ।
यी सबैका लागि उसलाई विभिन्न पौष्टिक तत्वको जरुरत पर्छ ।
हरेक बच्चाको उचाई एक वर्षमा २.५ इन्च उचाई बढ्छ ।
बच्चाको उचाई बढ्नको लागि उसलाई विभिन्न पौष्टिक तत्व खुवाउनु पर्छ ।
त्यसैले, हरेक आमाबुवाले जान्नैपर्ने आफ्नो नानीहरुलाई खुवाउनका लागि जान्नै पर्ने यस्तो खानपान !

–अण्डा
अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी२, रिबोफ्लाबिन तत्व पाईने भएकाले यसको नियमित सेवनले बच्चाको उचाई बृद्धि गर्न मद्दत गर्छ ।
–दूधजन्य पदार्थ
बच्चाका सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका अन्य परिकारहरु राम्रो मानिन्छ ।
जसमा प्रटिन तथा क्याल्शियम पाईने भएकाले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्छ ।
–केरा
केरामा प्रशस्ता रुपमा अन्य भिटामिन पाईने भएकाले यसको नियमित सेवनले प्राकृतिक रुपमा उचाई बृद्धिमा सहयोग गर्न मद्दत गर्छ ।
केरामा म्मयाग्नेशियम, पोटाशियमका साथै क्याल्शियम जस्ता पोषक तत्व पाइन्छ ।
–चिकन
चिकनमा भरपुर मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ पाईने भएकाले बच्चाको शरीरलाई बलियो बनाउनका साथै जसको ।
नियमित सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।





