
०२ श्रावण २०७६, काठमाडौं
स्वास्थ्य नै धन हो ।
स्वस्थ मानिस खुशी भएर बाँच्न सक्छ ।
त्यसैले, मानिसहरु आफूलाई स्वस्थ अनि फिट राख्नका लागि अनेक उपायहरु गरिरहेका हुन्छन् ।
यी मध्ये एक –मनतातो पानी
बिहान खाली पेटमा मनतातो पानीले अनेक रोगहरुबाट बच्न सकिन्छ ।
जसले, शरिरभित्र भएका विकार बस्तुहरुलाई बाहिर निकाल्न मदत गर्छ ।
जान्नुहोस्, मन तातो पानीको पिउनको फाईदाहरु!

–बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनुहोस् ।
जसले तपाईको टाउको दुख्ने, सास गन्हाउने, अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ ।
–भोक नलाग्ने समस्यबाट पिल्सिरहनुभएको छ भने, एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।
जसले तपाईको भोकलाई जगाउँछ ।
–बिहान दैनिक मनतातो पिउनले कब्जियत हुन नदिनका साथै जोर्नीको दुखाई र हड्डी मजबुत बनाउँछ ।
–रुघाखोकी लागेमा पर्याप्ता मात्रामा मनतातो पानीको सेवनले बिरामीलाई रहात मिल्छ ।
–दैनिक बिहान मनतातो पानी पिउनाले शरिरको रक्तसंञ्चारलाई सन्तुलित र नियमित बनाउनका साथै पेट सफा बनाउँछ ।
–छालामा चाउरीपना तथा दागधब्बा जस्ता समस्य छन् भने हरेक दिन बिहान मन तातो पानी पिउनुहोस् ।





