इच्छाकामना गाउँपालिकद्वारा महिला स्वास्थ्य स्यवंसेविकालाई भत्ता तथा आवश्यक सामग्री वितरण



०१ श्रावण २०७६, काठमाडौं

इच्छाकामना गाउँपालिकाले महिलास्वास्थ्य स्ंवयसेविकालाई मासिक दुई हजार प्रदान गर्ने भएको छ ।

विगतका बर्र्षहरुमा प्रोत्साहनसहित यातायात खर्च रु.१ हजार ५ सय उपलब्ध गराउँदै आएको गाउँपालिकाले यो आ.व.बाट रु. ५ सय वृद्धि गरेर मासिक रु. २ हजार दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, गाउँपालिकाले महिला स्वास्थ्य स्ंवयसेविकालाई झोला, छाता र टर्चलाइट पनि उपलब्ध गराएको छ ।

महिलास्वास्थ्य स्ंवयसेविका रातदिन घामपानी नभनि जनताको सेवामा खटिरहेकाले उनीहरुलाई सहज होस् भनि यी सामग्री उपलब्ध गराईएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्