भुटेको मकैको उपयोगिताः छालाको सुरक्षादेखि क्यान्सरसम्मको रोगको निदान



१ श्रावन २०७६, काठमाडौं

भुटेको मकै मन नपराउने प्रायः विरलै हुन्छन् ।

कतिपय मान्छेहरु मकैलाई खाजाको रुपमा प्रयोग गर्ने गर्दछन् भने, कतिले त यसलाई विभिन्न परिकारहरु बनाएर खाना कै रुपमा पनि प्रयोग गर्छन् ।

विभिन्न अध्ययनले देखाएअनुसार भुटेका मकै स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । यसले पाचनप्रणलीमा सुधार ल्याउनका साथै मानिसलाई हरके तवरले स्वाथ्य राख्दछ ।

एक सर्वेले देखाएअनुसार भुटेको मकैले क्यान्सग्रस्त विरामीदेखि लिएर एक गर्भवती आमालाई समेत राम्रो हुन्छ ।

भुटेको मकैको केही विशेष उपयोगिता यसप्रकार छन् ।

–क्यानसर हुनबाट बचाउँछ

मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सर जस्ता खतरनाक रोगबाट बचाउँछ ।

त्यक्ति मात्रै नभएर मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनका साथै बाथ रोगको सम्भावनालाई पनि कम गर्दछ ।

–आँखाको लागि फाईदाजनक

मकैमा बिटा–क्यारोटिन, भिटामिन ए पाईने भएकाले यो आँखाको लागि निकै फाईदाजनक मानिन्छ ।

–मुटु स्वस्थ राख्छ

भुटेको मकैमा ओमेगा फ्याटी एसिड पाईने भएकाले मुटुलाई स्वस्थ राख्न मदत गर्छ ।

यो बाहेक उच्च रक्तचापको समस्या कम गरेर हृदयाघात तथा स्ट्रोकको जोखिमसमेत कम गर्न मदत गर्छ ।

–रगत बढाउँछ

जिंक, भिटामिन बी, आइरन तथा क्यारोटिन पाईने भएकाल शरिरमा रातो रक्तकोषिका बढाउन मद्दत गर्छ ।

–गर्भावस्थामा फाइदाजनक

गर्भावती महिलाहरुले पनि आफ्नो दैनिक आहारमा मकैको रोटी समावेश गर्नु राम्रा मानिन्छ ।

जसमा फोलेटको साथमा भिटामिन ‘बी’ ले गर्भको शिशुमा नयाँ कोशिका विकास गर्दछ ।

फोलेटले गर्भमा रहेको शिशु र गर्भवती महिला दुवैलाई स्वस्थ राख्न मदत गर्छ ।

–छालाको सुरक्षा

मकैमा भिटामिन सी तथा एन्टीअक्सिडेन्ट तत्व लाईकोपिन पनि पर्याप्त पाईने भएकाले छाला बिग्रन तथ चाउरी पर्नबाट जोगाउँछ ।

मकैमा पर्याप्त मात्रामा तेल पाउने भएकाले छालामा सिधै प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्