लगातार वर्षात कारण कर्मचारी समायोजनको कार्यमा हुने भयो ढिलाई



१ श्रावन २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार वर्षातका कारण कर्मचारी समायोजनको कार्यमा केही ढिलाई हुने भएको छ ।

वर्षातका कारण आउने सक्ने केही महामारी र बिपत्तीलाई मध्यनजर राख्दै मन्त्रालयले समायोजनको कामलाई केही ढिला गर्ने भएको हो ।

मन्त्रालयले यो समयमा समायोजनका कारण कर्मचारी यताउता हुँदा स्वास्थ्य सस्थामा असर गर्ने भन्दै केही समय यी समूहको समायोजनलाई ढिलाई हुने भएको छ ।

हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमीको संख्या धेरै भएकाले अझै पनि दुई महिना लाग्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ८,९ र १० औ तहको सूचीभने आज आउने सम्भावना रहेको प्रवक्त महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्