
१ श्रावन २०७६, काठमाडौं
धौलागिरी अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ ।
शिशुको स्वास्थ्यलाई मध्यनजर राख्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।
सार्वजानिक स्थलमा आफ्नो शिशुलाई स्तनपान गराउन महिलाले अप्ठ्यारो महशुष गर्ने,जसले गर्दा आमा र शिशु दुवैलाई स्वास्थ्यमा असर पर्न जाने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याईएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र बी पोखरेलले बताए ।
पोखरेलका अनुसार, समयमै स्तनपान नगराउँदा आमा तथा शिशु दुवैको स्वास्थ्यमा असर पर्न जाने भएकाले यस्तो कुरामा दिनुपर्छ ।





