बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमनमा मन्त्रीको टोली



०१ श्रावण २०७६, काठमाडौं

मन्त्री तथा सांसदहरुको टोली बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमनमा गएको छ ।

बाढीपहिरोले पुर्‍याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनलगायतको टोली तराई मधेसका जिल्लामा पुगेको हो ।

गत २७ अषाढदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या देशभर झण्डै ७० पुगेको छ । हजारौं विस्थापित भएका छन् । उनीहरुले खाना र बासको उचित व्यवस्था नभएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्