
३१ अषाढ २०७६, काठमाडौं
डडेल्धुरा अस्पतालको सेवा पूनः सञ्चालनमा आएको छ ।
गत असार १५ गतेदेखी काम गरिरहेका चिकित्सकमाथि आक्रमण भएको बिषयलाई लिएर डडेल्धुरा अस्पताल आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।
बहिरङ्गलगायत सबै सेवा बन्द गरि ११ जना चिकित्सकले सुरक्षाको माग राख्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई भेट गरेका थिए ।
मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री सुवेदीबाट चिकित्सकको सुरक्षा र दोषीलाई कारवाही गरिने आश्वासन पाएपछि आन्दोलनमा रहेका चिकित्सक आजदेखि नियमित काममा फर्किएको डा. जीवन खरेलले बताए ।





