
३१ अषाढ २०७६, काठमाडौं
अष्ट्रेलियाका २२ हजार स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
अष्ट्रेलियास्थित न्यू साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूमाथि असुरक्षा बढेको भन्दै आन्दोलित भएका समाचारमा जनाइएको छ ।
अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुका कार्य स्थलमा सुरक्षाको अभावको कारण देखाउँकदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा सुरक्षाको माग गर्दै माग पूरा नभएसम्म आफूहरुले काम नगर्ने बताएका छन् ।





