
३१ अषाढ २०७६, काठमाडौं
मौसम परिवर्तनसँगै हरेक मानिसको जीवनमा नयाँ परिवर्तन लिएर आउने गर्छ ।
हरेक मौसमको आफ्नै विशेषता हुन्छ ।
गर्मीपश्चात आउने मौसमले मानिसलाई शितलता प्रदान गर्दछ ।
तर…..
यो मौसममा चिसो र ओसिलोपन बढ्ने भएकाले विभिन्न रोगका किटाणु ब्याक्टिेरियाहरु सल्बलाउन थाल्छन् ।
जुन ब्याक्टेरियाहरु सल्बलाउन थालेपछि शरिरका विभिन्न भागहरुमा संक्रमण हुन थाल्छन् ।
जसमध्ये एक हो–आँखा
आँखामा स्टाई, फंगल इन्फेक्सन, कन्जक्टिभाइटिस जस्ता अन्य समस्यहरु पनि देखा पर्छन् ।
मानिसको शरिरको सम्वेदनशील र महत्वपूर्ण एक अंग हो –आँखा

आँखाबिनाको संसार अध्यारो हुन्छ ।
त्यसैले, वर्षायाममा आफ्नो आँखाको विशेष ध्यान दिन आवश्यक हुन्छ ।
वर्षायाममा आफ्नो आँखाको सुरक्षा कसरी गर्ने?
त्यसैले, जान्नैपर्ने कुरा तपाईहरुको लागि !
–आई स्टाई
सामान्य भाषामा आँखाको परेलामा सानो फोका आउनुलाई आई स्टाई भनिन्छ ।
आई स्टाईले आँखाको परेला भएको ठाउँ सुन्निने र रातो बनाउँछ ।
आई स्टाई हुनु नै फोहोर हातले मिच्ने र नाक छुनासाथ तुरुन्त आँखा चलाउनले हुने रोग हो ।
किनभने, नाकमा पाईने ब्याक्टेरियाहरु आँखा सर्दछ ।
–कन्जक्टिभाइटिस
आँखामा कन्जक्टिभाइटिस हुँदा सुन्निनुका साथै आँखाबाट पानी जस्तो तरल पदार्थ निस्किने, आँखा सुन्निने, रातो हुने र चिलाउने जस्ता लक्षणहरु देखिन्छन् ।
आँखामा कन्जक्टिभाइटिसको हुनुको कारण फंगस अथवा भाइरसको संक्रमण हावामा समावेस भएका धुलो र मेकअप सामाग्रीहरुको प्रयोगले हुन्छ ।
जुन रोगबाट बच्नका लागि दिनमा ३–४ पटक आँखालाई सफा गर्नुपर्छ ।
यसरी सफा गर्दा आँखा सफा हुनका साथै रोगका किटाणुहरु पनि आँखामा बस्न पाउँदैनन् ।
वर्षायाममा स्विमिङ नगर्नु नै आँखाको स्वास्थका लागि हितकार मानिन्छ ।
–कर्नियल अल्सर
आँखाको नानीभन्दा माथि जुन पातलो झिल्ली अथवा पत्र हुन्छ, त्यसलाई कर्निया भनिन्छ ।
आँखामा हुने अल्सर ब्याक्टेरिया, फङ्गस अथवा भाइरसको संक्रमणबाट हुन पुग्छ ।
आँखामा अल्सर भएपछि आँखा धेरै दुख्न्, पिप निस्कने, र धमिलो देखिने जस्ता लक्षणहरु देखिन्छन् ।





