वर्षायाममा आफुलाई राख्नुहोस् स्वस्थ, त्यसैले जान्नैपर्ने यी उपायहरु एक चोटी अवश्य पढनुहोस्



३१ अषाढ २०७६, काठमाडौं

वर्षायामको सुरुवातसँगै मानिसलाई अनेक रोगहरुले आक्रमण गरिरहेको हुन्छ ।

वर्षायामले रमाईलो हरियालीसँगै चिसो मौसम लिएर आउँछ ।

चिसो मौसमसँगै मानिसलाई विभिन्न किसिमका स्वस्थ्य समस्यहरु पनि सँगै लिएर आउँछ ।

वर्षायाममा रोगको संक्रमण हुनुको मूख्य कारक तत्व भनेको दूषित पानी र हावा तथा खानपान हो ।

प्रायः मानिसहरु आफ्नै लापारवाहीका कारण विभिन्न रोगको शिकार बन्न पुगिरहेका हुन्छन् ।

वर्षायाममा हैजा, मलेरिया, रुघाखोकी र फ्लु, लेप्टोस्पाइरोसिस, टाइफाइड, झाडापखला जस्ता रोगहरुले आक्रमण गर्दछ ।

त्यसैले, यी रोगहरुबाट कसरी बच्ने?

जसका लागि यस्तै–यस्तै कुराहरुको जानकार लिनुहोस् ।

–घरमा खाना बनाउँदा सरसफाईसँगै स्वस्थकर खाना बनाउनुहोस् ।

–वर्षायाममा सकेसम्म नभिज्नुहोस्ः छाता, रेनकोट,जुत्ता सधैं तयारी अवस्थामा राख्नुहोस् ।

–सकेसम्म पोषणयुक्त खाना खाने गर्नुहोस् ।

–भान्सामा स्वच्छ पानीको मात्रै प्रयोग गर्नुहोस् ।

–ढलको पाईपहरु भरिएको छ छैन सधैँ याद गर्नुहोस् ।

–खुल्ला भाँडोमा कहिल्यै पानी नराख्नुहोस्, किनभने लामखुट्टेले फुल पार्नसक्छ ।

–यदि लामो बिर्सेर लामो समयसम्म पानी खुल्ला छोडनुभयो भने त्यो कहिल्यै प्रयोग नगर्नुहोस् ।

–पानी पिउदाँ उमालेको पानी मात्रै पिउनुहोस्

–घर बाहिर जान पर्यो भने सकेसम्म उमालेको पानी साथमा लिनुहोस् ।

–यदि घरबाहिर खाना खानु पर्यो भने स्वस्थ र ताजा खाना पाइने ठाउँमा मात्रै जानुहोस् ।

प्रतिक्रिया दिनुहोस्