
३१ अषाढ २०७६, काठमाडौं
सप्तरीः बाढी प्रभावित क्षेत्रमा सर्पदंशको घटना बढेको छ ।
सोमबार सर्पले डसेका चार तथा बिच्छीले टोकेका एक जना अस्पतालमा भर्ना भएका छन् ।
सर्पले डसेर तिलाठी गाउँपालिका –१ का रामकिसुन सदा, मन्सापुरकी सिमादेवी मण्डल, महादेवा गाउँपालिका–१ बल्थीकी मजिदन खातुन र राजविराज–१२ का रामकुमार यादव तथा बिच्छीले टोकेर रुपनी–२ की चन्द्रकला चौधरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना भएका छन् ।
उक्त, अस्पतालका अहेब सन्तोष महोत्तकाअनुसार पाँच दिनयता सर्पदंशका २८ बिरामी उपचारका लागि आएका छन् ।





