
३१ अषाढ २०७६, काठमाडौं
वर्षातको समयसँगै सर्पको बिगबिगी बढिरहेको समयमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरिडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपचार उपकरण जुटेको छ ।
केन्द्रका उपचार कार्यमा आवश्यक पर्ने थप उपकरण सहयोगी सस्थाले जुटाएका हुन् ।
उक्त, केन्द्रलाई भर्खरै बर्दिवासस्थित लक्ष्मी बैंक शाखाले एक थान इलेक्ट्रिक अक्सिजन, आइसीयू साइडबेड मनीटर र आइसीयू बेडसहित रु.३ लाख बराबरको उपकरण प्रदान गरेको हो ।
जुन उपकरणको उपलब्धताले गम्भीर प्रकृतिका सर्पदंशको बिरामीको उपचार सहज हुने, बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था अब घट्ने केन्दका अध्यक्ष कृष्णा देवकोटाले जानकारी दिए ।





