कपुरकोट गाउँपालिकाले दियो सुत्केरीलाई भत्ता र बालबालिकालाई झोला



३० अषाढ २०७६,काठमाडौं

सल्यानस्थित कपुरकोट गाउँपालिकाले सुत्केरीलाई पोषण भत्ता र बालबलिकालाई पोषाक तथा झोला बितरण गरेको छ ।

आज सोमबार कपुरकोट गाउँपालिका–५ रिमले वडाभित्रका ९० जना सुत्केरी महिलालाई पोषण भत्ता बितरण गरेको हो ।

सुत्केरी आमालाई पोषणकाको मात्रा पुर्याउनको लागि वडा कार्यलयाले सुनौलो हजार दिनभित्रका आमालाई जनही रु.१ हजार ३ सयका दरले पोषण भत्ता वितरण गरेका हुन् ।

पोषक तत्व कम भएका सुत्केरी महिलालाई पोषण तत्व पुरा गर्नका लागि वडा कार्यलयले भत्ता वितरण गरेको वडाध्यक्ष यम कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्