बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या ६७ पुग्यो



३० अषाढ २०७६, काठमाडौं

अविरल वर्षासँगैं आएको बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ ।

सोमबार अपराह्नसम्ममा मृतकको संख्या ६७ पुगेको प्रहरीले जनाएको छ । त्यस्तै ३९ घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको बताइएको छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु सक्रिय रुपमा संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्