विषालु च्याउँबाट बच्नुहोस् जसका लागि अपनाउनुहोस् यस्तो उपायहरु



३० अषाढ २०७६, काठमाडौं

पछिल्लो समय विषालु च्याउँका कारण मानिसहरुमा अनेक किसिमका समस्या आईरहेको हुन्छ ।

जसमा कतिजनाको त मृत्यु पनि भईरहेको हुन्छ ।

मानव शरिरको लागि च्याउँ अत्ति उत्तम पौष्टिक आहार मानिन्छ ।

तर…..

त्यही च्याउँलाई राम्रोसँग नछुट्टयाई खाँदा विषको रुपमा परिणत पनि हुन्छ ।

वर्षायामको समयसँगै अस्पतालमा विषालु च्याउँका कारण बिरामीको संख्या दिनप्रति–दिन बढिरहेका चिकित्सकहरुको भनाई छ ।

च्याउँलाई राम्रोसँग नचिनेर खाना पुग्दा कतिजनाको मृत्यु नै भएको छ भने कति जना गम्भिर अवस्थामा रहेका चिकित्सकहरु बताउँछन् ।

हेर्दा च्याउँ सामान्य देखिन्छ, तर विषालु हुने र यसमा विष देखिने हुन्छ ।

प्रायः च्याउँको जात झट्ट हेर्दा उस्तै–उस्तै देखिने भएकाले कुन विषालु च्याउँ भनेर छुट्टयाउनै नसक्ने हुन्छन्

कतिपय मानिसहरुलाई च्याउँको बारेमा जानकार नभएका कारण यस्तो समस्यहरु देखिरहेको हुन्छ ।

चिकित्सकहरुका अनुसार, च्याउँमा तयारी विष नै हुन्छ, किटाणु हुँदैन । जसले सोझै शरिरको कलेजो, मृगौला, आन्द्रामा असर गरि अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाबको कमी भएर मृगौला कमजोर हुने, जण्डिस देखिने, मुटुको धड्कन कम हुने जस्ता लक्षणहरु देखिन्छ ।

कतिजनाको भनाई छ, च्याउँलाई पखालेर, उमालेर खायो भने विष जान्छ ।

तर,,,

जुन कुरा कदापी राम्रो मानिदैन ।

किनभने, च्याउलाई पखाल्दैमा उमाल्दैमा च्याउँको विष कहिल्यै जादैन ।

त्यसैले वनको च्याउँ राम्रोसँग नचिनी कहिल्यै खानुहुँदैन ।

कतै थाहा नपाई खाईहाले तत्काल अस्पातल जानुपर्छ ।

चिकित्सकहरुका अनुसार, च्याउँ खाएको ६ घण्टाभित्र अस्पताल पुगेमा ९० प्रतिशत बिरामी बचाउन सकिन्छ ।

जुन समयभन्दा भन्दा ढिलो गरी आएमा ४० प्रतिशत मात्रै बचाउन सकिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्