कंगोको गोमा शहरमा पहिलो पटक देखियो : इबोला संक्रमित व्यक्ति



३० अषाढ २०७६, काठमाडौं

प्रजातान्त्रिक गणतन्त्रको कंगोको पूर्वि शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुटेम्बो शहरका एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो ।

इबोला पोजेटिभ दखिए लगात्तै उनलाई तत्कालै उपचार केन्द्रमा भर्ना गरिएको छ । मन्त्रालयले भने गोमा शहरमा इबोलाको भाईरस फैलिने जोखिम निकै काम रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्