
३० अषाढ २०७६, काठमाडौं
अछाममा जंगली च्याउ र निहुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुईजना अवस्था गम्भिर रहेको छ ।
जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जंगली बिषालु च्याउ खाँदा ६ बर्षिया मनिषा बोहराको मृत्यु भएको हो ।
आईतबार बेलुका जंगली च्याउ र निहुरो तरकारीमा पकाएर खाँदा बोहराको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा र नरपताका छोरा रवीन्द्र बोहरा गम्भिर अवस्थामा रहेको उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिए ।





