वर्षायाममा विभिन्न संक्रमणबाट बच्नुहोस्, जसका लागि यस्तो स्वस्थकर खानपानको सेवन गर्नुहोस्



२९ अषाढ २०७६, काठमाडौं

वर्षातको समयमा खानपानमा बढी मात्रामा ध्यान पुर्याउनुपर्छ ।

समयमा दूषित पानी खानपानका कारण अनेक संक्रमणहरुले आक्रमण गरिरहेको हुन्छ ।

त्यसैले, वर्षातको समयमा स्वस्थ रहनका लागि कस्तो खानपान गर्नु उचित हुन्छ ?

यो बिषयमा जान्न आवश्यक जान्नुहोस् ।

बिहान उठेको १–२ घण्टाभित्र मन तातो पानी पिउनुहोस्, जसले तपाईको शरिरभित्र भएको बिकार बस्तुहरुलाई बाहिर फालिदिन्छ ।

बिहान लामो समयसम्म खाली पेट बस्नुहुँदैन । किनभने खाली पेट बस्नले शरिरमा आवश्यक पोषाक तत्वको कमी हुन्छ ।

वर्षायामको समयमा धेरै चिल्लो वा मसालेदार खानपान गर्नुहुँदैन । किनकी यस्तो खानपानले अपच वा ग्याष्ट्रिक तथा पेट फुल्ने जस्तो समस्यहरु नित्याउँछ ।

–यो मौसममा सजिलै पचन सकिने खानपानको मात्रै सेवन गर्नुहोस् ।

वर्षायाममा हालै पकाएको खानपानको मात्रै सेवन गर्नुहोस् । त्यसमा पनि सुप तथा फलफूलको मात्रा बढाउनुहोस् ।

डब्बामा भएको जुस स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

जसको साटोमा ताजा फलफूलको जुस सेवन गर्न स्वास्थ्यको लागि लाभदायिक मानिन्छ ।

वर्षायाममा हरेक दिन कम्तीमा पनि ३ लिटर पानी पिउनका साथै व्यायम अथवा फिजिकल एक्सरसाइज गर्नु स्वास्थ्यको लागि उत्तम मानिन्छ ।

किनभने, वर्षायाममा व्यायम गर्नाले रक्तसंञ्चारलाई दुरुस्त राख्नका साथै एसिडिटी तथा ग्याष्ट्रिकको समस्या भएकाहरुका लागि उत्तम मानिन्छ ।

–वर्षायामको समयमा पानीपुरी, चटपटे जस्ता खानेकुराबाट बच्नुहोस् ।

किनकि, यो मौसममा सबैभन्दा बढी कीटाणु पानी मार्फत फैलिने भएकाले यस्तो खानेकुरा सकेसम्म सेवन नगर्नु राम्रो मानिन्छ ।

–वर्षायामको समयमा हरियो सागपात कमै मात्रामा सेवन गर्नुहोस् ।

–किनकि, यस्तो तरकारी फोहोर हुनका साथै सजिलै पच्न गाहा्े हुन्छ ।

–अत्याधिक चिसो र पेयपदार्थबाट आफूलाई टाढै राख्नुहोस् ।

–गर्मी तथा घामबाट फर्किने बित्तिकै फ्रिजको पानी सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्